हमाससँग युद्धविरामको प्रयासका बीच इजरायली प्रधानमन्त्रीको बयान – ‘रफाहमा आक्रमण गर्छौं’
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँग युद्धविराम वार्ता गरेपनि इजरायलले दक्षिणी गाजा सहर रफाहमा आक्रमण गर्ने बताएका छन् ।
नेतान्याहुको भनाइ यस्तो समयमा आएको हो जब युद्धविराम र बन्धकहरूको रिहाइका लागि सहमतिमा पुग्न कडा प्रयास भइरहेको छ।
बन्धकका परिवारसँगको भेटमा नेतान्याहुले सम्झौता भए पनि आक्रमण गर्ने बताए ।
अमेरिकाले रफाहमा इजरायली आक्रमणको बारेमा पनि चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपतिले आइतबार नेतान्याहुसँगको फोन कलमा आफ्नो अडान दोहोर्याएका थिए।
यसअघि अमेरिकाले रफाहमा इजरायलको आक्रमण लक्ष्मण रेखा पार गरेजस्तै हुने बताएको थियो ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment