चीनको पहिलो कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक भ्रष्टाचारको मुद्दामा संसदबाट बर्खास्त

डिसी नेपाल
१९ वैशाख २०८१ १५:०२
24
Shares

काठमाडौं । सन् २०२० मा कोरोना महामारीको बेला पहिलोपटक कोभिड–१९ को खोप बनाउने चिनियाँ शीर्ष वैज्ञानिकलाई भ्रष्टाचारको आरोपमा संसदबाट बर्खास्त गरिएको छ ।

चाइना नेशनल फार्मास्युटिकल ग्रुपको भ्याक्सिन सहायक कम्पनी चाइना नेशनल बायोटेक ग्रुपका अध्यक्ष याङ सियाओमिङको गम्भीर अनुशासन र कानूनको उल्लङ्घनको कारणले राष्ट्रिय जन कांग्रेसमा उनको सदस्यता खारेज गरिएको आधिकारिक मिडियाले सोमबार रिपोर्ट गरेको छ।

६२ वर्षीय याङ सियाओमिङ अनुभवी अनुसन्धानकर्ता हुन्। उनले सरकारी स्वामित्वको सिनोफार्मको खोप सहायक कम्पनी सीएनबीजीको नेतृत्व गरे। याङले सिनोफार्मको बीबीआइबीपी-कोरभी खोप विकास गर्ने टोलीको नेतृत्व गरे, जुन चीनको पहिलो कोरोनाभाइरस शट सामान्य प्रयोगको लागि अनुमोदन गरिएको थियो।

चीनको वुहान सहरमा सन् २०२० को मार्चमा पहिलो पटक देखा परेको कोरोना भाइरस पछि विश्वभर फैलिएको र शताब्दीको महामारी बनेको छ । यो भाइरसका कारण विश्वभर लाखौं नागरिकको मृत्यु भएको छ । पार्टीको अनुशासनात्मक निकाय केन्द्रीय अनुशासन निरीक्षण आयोगले याङमाथि पहिले नै अनुसन्धान गरिरहेको एनपीसीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *