नेपाल वेस्ट इन्डिज ए सँग पराजित

डिसी नेपाल
१९ वैशाख २०८१ १६:१६
48
Shares

काठमाडौं। नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ । वेस्ट इन्डिज ए ले नेपाललाई ७६ रनले पराजित गरेको हो। वेस्ट इन्डिज ए ले दिएको २२८ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा अलआउट हुदै १५१ रन बनायो।

नेपालका लागि लोकेश बमले २८, कुशल मल्लले २०, करण केसीले २८, बिनोद भण्डारीले १९, अनिल शाहले १४, आरिफ सेखले ३, गुलशन झाले ६, दिपेन्द्र सिंह ऐरीले ७ रन बनाए। त्यसैगरी वेस्ट इन्डिज ए का बलर हेडेन वाल्शले ३ विकेट लिए भने गुडाकेश मोतीले २ तथा फाबियन एलेन, म्याथुज फोर्ड र ओबेड म्याककोयले एक एक विकेट लिए।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाउदै २२७ रन बनाएको थियो। वेस्ट इन्डिज ए का लागि जोन्सन चार्ल्सले सर्बाधिक अविजित ११९ रन बनाए भने आन्द्रे फ्लेचरले ५३ रन बनाएका थिए। त्यस्तै फाबियन एलेनले १९ र एलिक अथानाजले १७ रन बनाएका थिए। त्यस्तै किमो पाउलले १३ रन बनाए। त्यसैगरी नेपाली बलर करण केसी र सागर ढकालले एक एक विकेट लिए।

वेस्ट इन्डिज ए ले यो जितपछि ५ खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ। अब सिरिजको चौथो खेल भोलि खेल्दै छ भने पाँचौं खेल मे ४ मा हुने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *