विश्वकपका लागि खेलाडी तयारी अवस्थामा छन्ः कप्तान पौडेल

डिसी नेपाल
१९ वैशाख २०८१ १७:२१
116
Shares

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित कुमार पौडेलले आईसीसी टी–२० विश्वकपका लागि नेपाली खेलाडी तयारी अवस्थामा रहेको बताएका छन्।

बुधबार वेस्ट इन्डिज ‘ए’ संगको तेश्रो खेलपछि पोष्ट म्याच कन्फ्ररेन्समा पौडेलले सबै खेलाडीहरुको खेल हेरिसकेको भन्दै विश्वकपका लागि नेपाली खेलाडी तयारी अवस्थामा रहेको बताएका हुन्। अहिले खेलिरहेका सबै खेलाडीहरु फिट रहेपछि विश्वकप खेल्ने १५ खेलाडीबारे स्पष्ट भइसकेको उनले बताए। उनले विश्वकप खेल्ने नेपाली टिम बलियो रहेको जिकिर गरे। पौडेलले दुई खेलपछि आफू आरामका लागि तेश्रो खेल नखेलेको बताए।

त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले वेस्ट इन्डिज ‘ए’ सँगको जारी सिरिजमा नेपाली टीमलाई निकै अनुभव भएको बताए। उनले नेपाली टीमको तयारीप्रति पूर्ण रुपमा सन्तुष्ट रहेको भन्दै दबाबलाई सम्हान सक्ने अवस्थामा टीम रहेको जिकिर गरे।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *