अल नासर किङ कपको फाइनलमा, अल हिलालसँग भिड्ने

डिसी नेपाल
२० वैशाख २०८१ ७:४५
60
Shares

काठमाडौं। अल नासर साउदी किङ कपको फाइनलमा पुगेको छ। गएराति सम्पन्न सेमिफाइनलमा अल नासरले अल खालीजलाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए। २ खेलको प्रतिबन्धपछि खेलमा फर्किएका रोनाल्डोले दुई गोल गर्दै अल नासरलाई फाइनलमा पुर्‍याएका हुन्। त्यस्तै अल नासरको लागि अर्को गोल साडियो मानेले गरेका थिए।

त्यसैगरी अल खालीजका लागि एक गोल फवाज टोराल्सले गरेका थिए। यस अघि पहिलो सेमिफाइनलमा अल हिलालले अल इतिहादलाई २-१ ले पराजित गर्दै फाइनलमा पुगेको थियो।

अब किङ कपको फाइनल खेल मे ३१ मा हुने छ र फाइनलमा अल नासर र अल हिलाल भिड्ने छन्। अल हिलाल किङ कपको डिफेन्डिङ च्याम्पियन समेत हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *