राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
काठमाडौं। राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट काम गर्ने १३ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ।
आयोगले आज एक प्रेस विज्ञप्ति जारी गरी सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट काम गर्ने १३ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको जनाएको हो।
आयोगले विनय कसजु उत्कृष्ट अभियान्ता पुरस्कारबाट सिराहा नगरपालिका–७ का परशुराम साह, पोखरा महानगरपालिका–१६ का यदुनाथ बञ्जरा, हेटौंडा उपमहागरपालिका–८ का इन्दप्रसाद बन्जरा र मेलाम्ची नगरपालिका–१० का आदित्य दहाललाई पुरस्कृत गर्ने निर्णय गरेको जनाएको छ। यसैगरी उत्कृष्ट सूचना अधिकारी पुरस्कारबाट पञ्चदेवल विनायक नगरपालिका अछामका ललितबहाुदर बुढा, घ्याङलेख गाउँपालिका सिन्धुलीका किशोरकुमार वाइवा, गल्कोट नगरपालिका बाग्लुङका तुलबहादुर विक, दङ्गीशरण गाउँपालिका दाङका टेकबहादुर खत्री र धनकुटा नगरपालिका धनकुटाका सूचना अधिकारी डम्बर रोगुलाई आयोगले पुरस्कृत गर्नेछ।
त्यस्तै, उत्कृष्ट कर्मचारी पुरस्कारबाट आयोगका शाखा अधिकृत हरिहर कार्की, नायव सुब्बा शान्ता न्यौपाने, लेखापाल लक्ष्मण अर्याल र कम्प्युटर अपरेटर गौरव गुरुङ पुरस्कृत हुनेछन्।
पुरस्कृत व्यक्तित्वहरूलाई भोली शनिबार राष्ट्रपति कार्यालय शीतल निवासमा हुने विशेष समारोहबीच पुरस्कार प्रदान गरिने आयोगका सूचना आयुक्त एवं प्रवक्ता कमला ओली थापाले जानकारी दिइन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment