ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो
काठमाडौं। स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ। लिगमा चार खेल अघि नै रियल म्याड्रिड ला लिगाको उपाधि जितेको हो।
गएराति सम्पन्न खेलमा जिरोनाले बार्सिलोनालाई ४-२ गोल अन्तरले पराजित गरेसँगै रियल म्याड्रिडको लिगको उपाधि जित सुनिश्चित भएको हो।
गएराति नै सम्पन्न खेलमा रियल म्याड्रिडले काडिजलाई ३-० ले पराजित गरेको थियो। ला लिगामा रियल म्याड्रिडको ३४ खेलमा ८७ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको जिरोनाको ३४ खेलमा ७४ अंक रहेको छ।
४ खेल खेल्न बाँकी हुँदै रियल म्याड्रिडले १३ अंकको अग्रता बनाएपछि जित सुनिश्चित बनेको हो।
योसँगै रियल म्याड्रिडले ३६ पटक ला लिगाको उपाधि जितेको छ। रियल म्याड्रिड सबैभन्दा बढी पटक ला लिगाको उपाधि जित्ने क्लब हो। उसले पछिल्लो पटक २०२१-२२ सिजन जितेको थियो।
त्यस्तै बार्सिलोनाले अहिलेसम्म २७ पटक यो उपाधि जितेको छ भने एटलेटिको म्याड्रिडले ११ पटक लिग जितेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment