गाजाका बन्धकहरूका लागि इजरायलमा मार्च, नेतान्याहु विरुद्ध गम्भीर आरोप

डिसी नेपाल
२३ वैशाख २०८१ १६:२३
24
Shares

काठमाडौं । गाजामा इजरायली बन्धकहरूको रिहाइको लागि शनिबार राति हजारौं मानिसहरूले इजरायलमा जुलुस निकालेका छन्।

आन्दोलनकारीहरूले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो फाइदाको लागि युद्धलाई अगाडि बढाएको आरोप लगाएका छन्।

एक आन्दोलनकारीले भनेका छन् “जीवन महत्त्वपूर्ण छ, युद्ध होइन।” गाजामा युद्धविरामलाई लिएर कायरोमा शान्ति वार्ता भइरहेका बेला यो मार्च निकालिएको हो ।

इजिप्ट र कतारको मध्यस्थतामा शनिबारदेखि यी वार्ता सुरु भएका हुन् । यस वार्तामा हमासका अधिकारीहरू पनि सहभागी छन्।

शनिबार भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन रह्यो । वार्ता आइतबार पनि जारी रहनेछ ।

इजरायलले इजरायली बन्धकहरूलाई रिहा गर्ने बदलामा ४० दिने युद्धविरामको प्रस्ताव गरेको छ।

यस प्रस्तावमा इजरायलले प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने पनि जनाएको छ ।

हमास अधिकारीहरूले गाजामा स्थायी युद्धविराम समावेश नगर्ने कुनै पनि प्रस्तावमा सहमत नहुने बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *