टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

डिसी नेपाल
२४ वैशाख २०८१ १६:५३
140
Shares

काठमाडौं। पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा आतंककारी हमला गर्ने धम्की दिएको छ।

त्रिनिदाद र टोबागोका प्रधानमन्त्री किथ राउलीले आतंकवादी संगठनले वेस्ट इन्डिज लगायत धेरै देशहरूमा भिडियो सन्देश पठाएको बताएका हुन्।

टी–२० विश्वकप जुन २ देखि जुन २९ सम्म वेस्ट इन्डिज र अमेरिकामा हुनेछ।

इस्लामिक स्टेट समर्थक मिडियाले धेरै देशहरूमा खेलकुद कार्यक्रमहरूमा हिंसाको धम्की दिएको छ। आईएस खोरासानको अफगानिस्तान–पाकिस्तान शाखाले प्रचार च्यानल नसीर–ए–पाकिस्तान मार्फत भिडियो सन्देश जारी गरेको छ। यसमा यी देशहरूमा भएका आक्रमणहरूलाई समर्थन गर्न समर्थकहरूलाई अपील गरिएको छ।

क्रिकेट वेस्ट इन्डिजका सीईओ जोनी ग्रेभ्सले अधिकारीहरूसँग नजिकबाट काम गरिरहेको र आयोजक देश र शहरहरू विश्व कपभरि निरन्तर निगरानीमा रहेर कुनै पनि सम्भावित खतराहरूको सामना गर्न तयार रहेको बताएका छन्।

वेस्ट इन्डिजमा विश्वकपका खेलहरू एन्टिगुवा र बार्बुडा, बार्बाडोस, गुयाना, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट, ग्रेनाडाइन्स, ट्रिनिडाड र टोबागोमा हुनेछन्। अमेरिकामा फ्लोरिडा, न्यूयोर्क र टेक्सासमा खेल हुनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *