‘राष्ट्रिय महिला मादल वादन प्रतियोगिता- २०८१’ बैशाख २७ गते राष्ट्रिय नाचघरमा हुने

डिसी नेपाल
२५ वैशाख २०८१ ११:४७
80
Shares

काठमाडौं। नेपाली मौलिक गीत संगीतको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धनका निम्ति स्थापना भएको कर्णाली कलाकार प्रतिष्ठानको आयोजना र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाली महिलाहरूको अन्तरनिहित प्रतिभाको उजागर गर्न इतिहासमै पहिलो पटक “राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” हुने भएको छ।

मौलिक बाजा मादलको संरक्षण र विकास गर्ने उद्देश्यका साथ यही बैशाख २७ गते राष्ट्रिय नाचघर, जमल काठमाडौंमा भब्य रुपमा सम्पन्न हुने भएको छ। यसका साथै राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत रहने छ ।

“नारीको कला, नारीको सान” भन्ने मूल नारा सहित कर्णाली कलाकार प्रतिष्ठान, काठमाडौं नेपालको आयोजनामा र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा “राष्ट्रिय महिला मादल वादन प्रतियोगीता २०८१” हुने भएको हो। प्रतियोगीतामा भाग लिनका लागि महिला मादल वादकहरुलाई आव्हान गरिएसँगै टिम दर्ता गर्ने क्रम पनि चलिरहेको छ।

“राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” मा भाग लिनका लागि यही बैशाख २५ गते सम्म फर्म भर्न आयोजक पक्षले अनुरोध गरेको छ । प्रतियोगीतामा प्रथम पुरस्कार ५५ हजार रुपैया, द्धितिय पुरस्कार ३५ हजार रुपैया, तृतिय पुरस्कार २५ हजार रुपैया र सान्त्वना पुरस्कार १५ हजार रुपैया पुरस्कार राशी रहेको छ। “राष्ट्रिय महिला मादल वादन प्रतियोगीता – २०८१” का सन्दर्भमा बैशाख २२ गतेका दिन काठमाडौं, नयाँ बसपार्क स्थित बिजी ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गरी कार्यक्रमका बारेमा जानकारी गराईएको थियो।

पत्रकार सम्मेलनमा कर्णाली कलाकार प्रतिष्ठान की अध्यक्ष प्राज्ञ टिका पुनको अध्यक्षता रहेको थियो भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष चन्द्र शर्माको प्रमुख आतिथ्यता रहेको थियो । “राष्ट्रिय महिला मादल वादन प्रतियोगीता – २०८१” मा भाग लिन हाल सम्म ४२ जनाले फर्म भरेको र फर्म भर्ने कार्य पनि जारी रहेको कुरा पत्रकार सम्मेनमा जानकारी गराईएको थियो ।

कार्यक्रममा बरिष्ठ मादल बादक खड्ग बुढा मगर, बरिष्ठ सञ्चारकर्मी राम अबिरल, सत्यवती कला केन्द्रका अध्यक्ष उदिराम खड्का लगायत अन्य कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो। पत्रकार सम्मेलनमा पत्रकार सबिता पोखरेलले कार्यक्रम सञ्चालन गरेकी थिईन् भने कर्णाली कलाकार प्रतिष्ठानका महासचिव धनराज चुनाराले स्वागत मन्तब्य राखेका थिए।

प्रमुख अतिथीको रुपमा रहेका चन्द्र शर्माले नेपाल मै यस्तो प्रकृतीको प्रतियोगीता महिलाहरुको हकमा प्रथम भएको र प्रतियोगीता गर्न आँट गरेकोमा टिका पुन लगायत आयोजक टिमलाई बधाई दिदै प्रतियोगीताको पुर्ण सफलताको लागी शुभकामना ब्यक्त गरेका थिए। साथै यस प्रतियोगीतालाई पत्रकार, कलाकार, सहयोगीदाताहरु सबैले आ आफ्नो तर्फबाट सहयोग गरी सफल बनाईदिन अनुरोध समेत गरेका थिए।

“कुनै बेला हाम्रो गाँउ ठाँउमा महिलाहरुको कार्यक्रम होस् या तीज कार्यक्रम होस् या रत्यौलीमा पुरुषहरुलाई मादल बजाउन बोलाउनुपर्ने अनी बोलाउदा भाँउ खाने, कहिले नआएर धोका दिने जस्ता क्रियाकलापहरु समाजमा देखा परेपछि मेरी आमाले मादल किनेर आफै बजाउने प्रयास गर्दा बजाउन जान्नु भयो । त्यसपछि कसै सँगपनि झुक्न परेन । मेरी आमाको सपना पुरा गर्न अनी महिलाहरु पनि कमजोर छैनन् भन्ने उदेश्यका साथ महिलाहरुको प्रतिभालाई उजागर गर्न यो प्रतियोगीता आयोजना गर्ने सोंच गरेकी हुँ।, पत्रकार सम्मेलनमा टिका पुनले भाबुक हुँदै भनिन्।

“सबैले आ आफ्नो तर्फबाट सहयोग गरिदिनुहुने छ र प्रतियोगीतालाई सभ्य, भब्य रुपमा सफ बनाईदिनुहुने छ भन्ने कुरामा बिश्वस्त रहेकी छु । यही बैशाख २७ गते राष्ट्रिय नाँच घर, जमल, काठमाडौंको हलमा सम्पन्न हुँदै छ । प्रबेश निःशुक रहेको छ । जो कोही पनि प्रतियोगीतालाई नियाल्न आउन सक्नु हुने छ । यही प्रतियोगीतमा भाग नि चाहनु हुन्छ भने फर्म शुल्क ५ सय रुपैया मात्र लाग्ने छ । यदी काठमाडौं बाहिरबाट आउने प्रतियोगी हुनुहुन्छ भने आउने जाने, बस्ने खाने सम्पुर्ण ब्यवस्था आयोजक पक्षले ब्यहोर्ने छ । प्रतियोगीतामा भाग लिन चाहनु हुनेले यही बैशाख २५ गते भित्र फर्म भर्न सक्नुहुने छ ।”

“राष्ट्रिय महिला मादल वादन प्रतियोगीता – २०८१” मा प्रतियोगी संयोजक एबं निर्णायक संयोजकको रुपमा बरिष्ठ मादल बादक खड्ग बुढा मगर रहने छन् भने कार्यक्रमको संयोजकको रुपमा प्राज्ञ टिका पुन र मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली अभिब्यक्ति रहने छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *