मनकारी वडाध्यक्ष, जसले आफनो पारिश्रमिक गरीब र दलितलाई बाँडे

डिसी नेपाल
२० साउन २०७६ १३:३७

मुगु। कसैलाई तपाइँले पाउनु भएको तवल के गर्नुहुन्छ भनेर प्रश्न गर्दा आउने जवाफ प्राय एउटै हुन्छ–घर परिवारमा खर्च हुन्छ। तर, यसको ठिक विपरित यहाँका एक वडा अध्यक्षले आफूले पाउने पारिश्रमिक आफनो व्यक्तिगत स्वार्थमा खर्च नगरेर सामाजिक काममा खर्च गने घोषणा गरेकामा छन्।

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं ४ का २९ वर्षीय वडाअध्यक्ष विष्णुबहादुर भामले आफूले पाउने पारिश्रमिक नगरक्षेत्रका १४ वडा भित्र बसोबास गर्ने दलित परिवारका सदस्यको शिक्षा, स्वास्थ्य र जिविकोपार्जनमा खर्च गर्ने घोषणा गरेका हुन्।

आफनो ५ बर्षे कार्य अवधीमा आफूले पाउने मासिक २० हजारका दरले हुन आउने कुल १२ लाख रकम नगरपालिका १४ वडाहरु भित्र रहेको ३६ दलित बस्तीका बालबालिका, महिला,अपांग, एकल, गरिव व्यक्तिको शिक्षा, स्वास्थ्य र जिविकोपार्जनमा खर्च गर्ने वडा अध्यक्ष भामले बताए।

वडा नं ५ मा ढुम गाँउमा रहेको लुवारवाडामा रहेका १२५ घरधुरी दलित परिवारलाई सोमबार प्रति घर ४ पाकेट खाने तेल दिएर सहयोग कार्यक्रमको शुरुवात गरिएको छ।

पहिलो चरणमा छायाँनाथ रारा नगरपालिकाकाबाट २ पटक निकासा भएको २१ महिनाको आफनो पारिश्रमिक ४ लाख २० हजार वडा नं १,२,३,४ र ५ वडाहरुमा रहेका दलित समुदायका बालबालिका र अविभावकहरुलाई लक्षित गरी शैक्षिक सामग्री, सरसफाई र व्यक्तिगत आवश्यकताका सामान वितरण गरिने बताइएको छ।

देशभरी जनप्रतिनिधि व्यक्तिगत स्वार्थमा निहित भएर काम कार्य गरिरहेका आलोचित खबर बाहिर आइरहेका बेला विकट मुगु जिल्लामा युवा वडाध्यक्षको यो कार्यले प्रशंसा हुन थालेको छ।

नेपाली काँगे्रसबाट वडाध्यक्षमा निर्वाचित भएका भाम २० बर्ष कै उमेरमा गाँउको वन रक्षा गर्दै जनमुखि काम गर्दै आएका थिए भने साविक कार्कीबाडा गाविसले संचालन गरेको कर्णाली रोजगार कार्यक्रममा ७ लाख अनियमिता भएपछि एग्लै गाविसमा ताला लगाएर उपभोक्ता समितिबाट ७ लाख फिर्ता गर्न लगाएर जनतालाई सो रकम वितरण गरेका थिए।

बाल्यकादेखि समाज सेवामा लागीपरेका भाम वडाध्यक्षमा निर्वाचित भएपछि गाँउघरमा हुने सबै खाले सामाजिक काममा आफैं सरिक हुने गरेका छन्।

पारिश्रमिक दलित समुदायमा खर्च गर्न शुरु गरेका भामले आफनो व्यक्तिगत खर्चबाट चैन खोला, बालै बजार, लामाचौर, मिलिचोर (रारा ताल क्षेत्र) र मुख्य सडकहरुमा सार्वजनिक शौचालय बनाउने घोषणा समेत गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *