बिहारका डा.आशिष सिंहको चर्चा विश्वभर फैलिँदै, बेलायतदेखि आउँदैछन् बिरामी

डिसी नेपाल
२८ वैशाख २०८१ १३:२५
1.7k
Shares

पटना। बिहारको सवेरा अस्पताल क्याम्पसको पाँचौं तल्लामा रहेको ‘अनुप इन्स्टिच्युट अफ अर्थोपेडिक्स एण्ड रिह्याबिलिटेसन एक्स्टेन्सन युनिट’मा उपलब्ध उत्कृष्ट रोबोटिक प्रविधिको प्रयोग गरि लण्डनस्थित बेलायती बिरामीको दुवै घुँडाहरु एकैपटक प्रत्यारोपण गरिएको छ।

काङ्करबाग, पटनामा रहेको यो शल्यक्रिया केन्द्रले स्थापना भएको ३ वर्षभित्रै रोबोटिक विधिबाट एक हजारभन्दा बढी बिरामीको जोर्नीको शल्यक्रिया गरेर विश्वभर आफ्नो छाप छोड्न सफल भएको छ। यो बिहारको लागि गौरवको विषय हो किनभने यसले मेडिकल पर्यटनको लागि पनि एक सम्भावनाको ढोका उघारेको छ।

लन्डनका ती ७५ वर्षीय बिरामी ओस्टियोआर्थराइटिसबाट ग्रस्त थिए, जुन अवस्थाले विश्वभरका बाउन्न करोड असी लाख मानिसहरूलाई सन् २०१९ मा असक्त बनाएको छ।

अनुप इन्स्टिच्युट अफ अर्थोपेडिक्स एण्ड रिह्याबिलिटेसनको एक्सटेन्सन युनिटका मेडिकल डाइरेक्टर डा. आशिष सिंहले घुँडा र हिप प्रतिस्थापनका लागि गरिने रोबोटिक शल्यक्रियाका बारेमा विस्तृत जानकारी दिए। बिरामीहरुले डा. आशिषसँगको उपचारलाई आफ्नोउत्तम निर्णय बताउँदै युके र संयुक्त राज्य अमेरिकाका आफ्ना अघिल्ला अनुभवहरूभन्दा बिहारको उपचारमा सन्तुष्टि मिलेको बताए।

यहाँ आउनेहरूमा विशेषगरी इङ्गल्याण्ड, पाकिस्तान, भुटान, नेपाल, बंगलादेश र अफगानिस्तानका बिरामीहरु छन्। आफूले प्रदान गर्ने आतिथ्यताले पनि बिरामीहरूलाई शारीरिक र मानसिक रूपमा निको हुन मद्दत गर्ने गरेको उनीहरुको विश्वास छ।

नतिजा स्वरूप, युनिटले गुवाहाटी, डिब्रुगढ, त्रिपुरा, महाराष्ट्र, मुम्बई, दिल्ली, बैंगलोर, छत्तीसगढ, नागपुर र रायपुर लगायतका धेरै भारतीय राज्यहरूमा पनि आफ्नो पकड स्थापित गरेको छ। यसले शल्यक्रियाका लागि गर्नुपर्ने अन्तहीन प्रतीक्षा घटाउँदै ठूला भारतीय र अन्तर्राष्ट्रिय शहरहरूमा हुने अत्याधिक खर्च र डाक्टरको लापरवाहीबाट समेत यसले उन्मुक्ति दिलाएको छ।

रोबोटिक प्रणालीले घुँडा प्रतिस्थापनको शल्यक्रियालाई ३-४ घण्टाबाट ४० देखि ५० मिनेटमा घटाएको छ र शल्यक्रियाको प्रक्रियापछि ४ देखि ५ घण्टाभित्र बिरामीहरु आफ्नो खुट्टामा उभिन सक्छन्। सर्जन र मेसिनरीहरूको उत्कृष्ट टोलीको साथ, सिमलेस आतिथ्यता र छिटो रिकभरी हुन सकिन्छ भने बजेट-मैत्री अस्पताल हुनु यसमा थप फाइदा हो। समान सुविधा प्रदान गर्ने अन्य संस्थाहरूलाई ब्क्ष्इच् को सुपर स्पेशलिटी युनिटले ४० ५ कम खर्च गराएर उछिनेको डा.आशिषले बताए।

यसको सबैभन्दा राम्रो पक्षका रुपमा एक सामान्य शल्यक्रियाकै लागतमा रोबोटका सुविधाको लाभ उठाउन सकिन्छ। पहिले घुँडा प्रतिस्थापन शल्यक्रियामा २ लाख रुपैयाँसम्म खर्च हुने गर्थ्यो भने अहिले प्रधानमन्त्री नरेन्द्र मोदीको पहलका कारण यो अब सबै वर्गका बिरामीका लागि सहज भएको छ र यसले आयुष्मान कार्ड धारकहरूलाई पनि फाइदा पुर्‍याउँछ।

शल्यक्रियाको तीन हप्तापछि, १० मध्ये ९ जना बिरामीहरू सहायताबिना नै हिँड्न सक्छन् भने ८५५ बिरामीहरू शल्यक्रियाको ६ हप्ताभित्र आफ्नो काममा फर्किन सक्छन्।

संयुक्त अधिराज्यको लन्डनका एक ७५ वर्षीय बिरामी भन्छन्,‘घुँडा प्रतिस्थापन सर्जरी (निः रिप्लेसमेन्ट सर्जरी)को लागि गर्नुपर्ने अन्तहीन प्रतीक्षाको बाध्यतालाई हटाउनुहोस् किनकि अब यस सम्बद्ध उत्कृष्ट सेवाहरू पटनामा उचित मूल्यमा उपलब्ध छन्। म बेलायत र संयुक्त राज्य अमेरिकाका उत्कृष्ट अस्पतालहरूमा समेत भर्ना भएको थिएँ, तर सन्तुष्टि भने पटनामा आएर पाएँ। खाना होस् कि शल्यक्रिया होस् वा यहाँका मानिसहरूको सद्भाव, तपाईले यो मूल्यमा कतै पनि पाउनुहुने छैन। म तपाईलाई ठोकुवाका साथ भन्न सक्छु डा आशिषले बिल्कुल निराश हुन दिने छैनन्।’

फरक के छ?

बिरामीहरू आफ्नो सामान्य जीवनमा फर्किन्छन्। आफ्नै परिवारका रुपमा बिहारमा रहेका चिकित्सा टोली उनीहरुको रिकभरीको यात्रामा मद्दत गर्न सधैं तयार छन्। युनिटले कुनै अतिरिक्त लागत बिना अतिरिक्त हेरचाह प्रदान गर्न डा. आशिष सिंहको उद्देश्य अनुरुप निरन्तर काम गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *