वर्षापछि किसानलाई राहत

डिसी नेपाल
२९ वैशाख २०८१ १६:५३
12
Shares

बैतडी। लामो समयको खडेरीपछि वर्षा हुँदा यहाँका किसानलाई राहत मिलेको छ। वर्षा भएपछि उनीहरुलाई खेतीपाती गर्न सहज भएको छ।

वर्षा भएपछि मकै छर्न तथा अन्य बालीनाली लगाउन सहज भएको दोगडाकेदार गाउँपालिका–३ का किसान फुनडी विष्टले बताए। उनले भने, ‘लामो समयको खडेरीपछि पानी परेको छ, अब यसले बालीनालीलाई फाइदा पुग्नेभयो।’

वर्षाले तरकारी बाली र फलफूल खेतीमा सिँचाइको काम गरेको दार्चुलाको लेकममा किसान मानबहादुर कार्कीले बताए। मकै छर्न तयार भएका किसान वर्षापछि खुसी भएका छन्। सिँचाइ अभावमा तरकारी बाली र फलफूल सुक्न थालेका थिए। बैतडीमा मकैखेती १४ हजार पाँच सय हेक्टर जग्गामा गरिँदै आएको छ।

यसैबीच वर्षापछि यहाँका वनजंगलमा लागेको डढेलो पनि नियन्त्रणमा आएको छ। डढेलोका कारण वायुप्रदूषण बढेको थियो। वर्षापछि प्रदूषण कम भएको छ। बैतडीका एक सयभन्दा बढी वनमा डढेलो लागेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *