धितोपत्र बजारः नेप्से परिसूचक ओरालो

डिसी नेपाल
२० साउन २०७६ १६:४७

काठमाडौं। धितोपत्र बजारमा आज शेयर कारोबारमापक नेप्से परिसूचक ४.५५ अङ्कले घटेर एक हजार २५५.०९ मा पुगेको छ। त्यस्तै सेन्सेटिभ परिसूचक ०.७७ अङ्कले घटेर २७१.०१ मा पुगेको छ।

परिसूचक घटेसँगै कारोबार रकम पनि खुम्चेको छ। स्टक एक्स्चेन्जका अनुसार आज १६७ कम्पनीका १५ लाख पाँच हजार ५०६ कित्ता शेयर रु ४४ करोड ३२ लाख पाँच हजार ४८१ मा खरिद बिक्री भयो।

कारोबार भएका कुल ११ मध्ये दुई उपसमूहको शेयरमात्र उकालो लागेको छ। निर्जीवन बीमा ३.४९ र सामूहिक लगानी कोषका शेयर ०.११ अङ्कले बढेको छ। त्यस्तै बैंकिङ २.८३, होटल ३.८६, विकास बैंक ३.४४, जलविद्युत् १.८२, वित्त ३.५२, उत्पादन १६.०९, अन्य २.१९, लघुवित्त २७.०२, जीवन बीमा २१.८४ अङ्कले ओरालो लागेको छ।

स्टकका अनुसार नेपाल बैंक लिमिटेडको शेयर सबैभन्दा बढी कारोबार भई शीर्ष स्थानमा रह्यो। सो बैंकको शेयर रु दुई करोड ६९ लाख ७८ हजार ४० मा खरिदबिक्री भयो। त्यस्तै कृषि विकास बैंकको एक करोड ४३ लाख ८२ हजार २४५, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको एक करोड ७१ लाख २१ हजार १६२, छिमेकी लघुवित्त विकास बैंकको शयेर रु एक करोड ६९ लाख २८५ मा कारोबार भए।

घटेको बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.०४ प्रतिशतले कमाए। त्यस्तै रिलायन्स फाइनान्स ३.३३, एनएमबी हाइब्रिड फण्ड–१ २.३७, युनिभर्सल पावर कम्पनी २.३३ र एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले १.९९ प्रतिशतले कमाए।

स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९९ प्रतिशतले गुमाए। सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ९.५६, गुराँस लघुवित्त वित्तीय संस्था ९.३२, मिथिला लघुवित्त वित्तीय संस्था ८.१० र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ७.१० प्रतिशतले गुमाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *