फुलह्याममाथि म्यानचेस्टर सिटीको फराकिलो जित, शीर्ष स्थानमा उक्लियो
काठमाडौं। इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले फुलह्याममाथि शानदार जित हासिल गरेको छ। शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई ४–० गोल अन्तरले पराजित गरेको छ।
म्यानचेस्टर सिटीको जितमा जोस्को गभारडिओलले २ गोल गरे भने फिल फोडेन र जुलियन अल्भारेजले एक एक गोल गरे। यस खेलमा खेलको ९५औं मिनेटमा फुलह्यामका इस्सा डिओपले रातो कार्ड पाएका थिए।
यो जितपछि म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। लिगका ३६ खेलपछि म्यानचेस्टर सिटी ८५ अंक हासिल गर्दै शीर्ष स्थानमा उक्लिएको छ। अब २ खेल खेल्न बाँकी रहदा सिटीले यस सिजनको प्रिमियर लिग जित्ने सम्भावना बढी देखिएको छ। म्यानचेस्टर सिटीले लिगमा अब मे १५ मा टोटनह्यामसँग र मे १९ मा वेस्टह्यामसँग खेल्ने छ। सिटीमाथि अब दुवै खेल जित्नै पर्ने दबाब रहेको छ।
त्यस्तै ३६ खेलमा ८३ अंकसहित आर्सनल दोस्रो स्थानमा रहेको छ। त्यसैगरी आर्सनलले आफ्ना अन्तिम दुई खेलमा आइतबार म्यानचेस्टर युनाइटेडसँग र मे १९ मा एभर्टनसँग खेल्ने तालिका रहेको छ। दुवै खेलमा जितभन्दा अन्य नतिजाले आर्सनललाई लिग उपाधिको दौडबाट बाहिर लैजाने छ।
त्यसैगरी फुलह्यामको २७ खेलमा ४४ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment