गोमा कार्कीको ‘तीजै रमाइलो’ मा केकीको ठुम्का

डिसी नेपाल
२० साउन २०७६ १७:१४

वाशिंगटन डिसी। अमेरिकाको लस एन्जलसमा बसोबास गर्दै आएकी नेपाली चेली गोमा(सुजाता) सिटौला कार्कीले तीज गीत ‘तीजै रमाइलो…’ बजारमा ल्याएकी छिन्।

गोमाको तीज गीतको भिडियोमा चर्चित अभिनेत्री केकी अधिकारी लगायतका लोकप्रिय कलाकारले नृत्य गरेका छन्।

काठमाडौंको स्टुडियो किंगमा सुरेस राईद्वारा रेकर्ड गरिएको सो गानाको शब्द राजन पोखरेल, संगीत विजय अधिकारी, मिक्स राजु कार्की, निर्देशन जीवन शाही, क्यामेरा बुद्ध थापा, सम्पादन एवं डिजाइन नवीन निरौलाले गरेका छन्।

साधना कलाकेन्द्र पुतलीसडकमा संगीत तालिम लिंदा प्रमोद खरेल लगायतका कलाकारसंगै गाउन सिकेकी गोमाले बैवाहिक जीवन र अन्य पारिवारिक कारणले नेपाल हुँदा धेरै गाना रेकर्ड गर्न सकेकी थिइनन्।

उनले करीब १५ बर्ष अगाडि नै ५ वटा गीत रेकर्ड गराए तापनि एउटा गीत ‘फुलैर फुल्यो….’मात्र बजारमा ल्याएकी थिइन्।
झापाको दमक माईती थलो भएपनि मोरंग गोविन्दपुर निवासी नवराज कार्कीसंग विवाह बन्धनमा बॉधिएकी गोमा (सुजाता) केही वर्षदेखि लसएन्जलसमा बसोबास र व्यवसाय गर्दै आएकी छिन्।

अमेरिकी समुदायले गरेका धेरै कार्यक्रमहरुमा आफ्नो गायकी कला प्रस्तुत गरेर पनि उनले लोकप्रियता कमाएकी छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *