दाङमा दुई महिलाको हत्या
घोराही घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको हत्या भएको प्रहरीले जनाएको छ।
हत्या हुनेमा सुर्खेत घर भई घोराही उपमहानगरपालिका–१० पहेलपार बस्दै आएकी अन्दाजी ४४ वर्षीया संगीता सुनार र रुकुम घर भई सोही ठाउँ बस्दै आएकी अन्दाजी ५० वर्षीया जुतली बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।
प्रहरी उपरीक्षक केसीका अनुसार अटो चालक टेकबहादुर घर्तीले बञ्चरोले हानेर ती दुई महिलाको हत्या गरेका हुन्। प्रहरीले हत्यामा संलग्न घर्तीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment