राजु भट्टको ‘रुवी’ बोलको नयाँ गीत सार्वजनिक (भिडियो)

डिसी नेपाल
२ जेठ २०८१ १२:०४
228
Shares

काठमाडौं। नेपाली गीत संगीत क्षेत्रमा सधैं नयाँ नयाँ केहि गरौँ भन्ने सोच अनुसार काम गर्दै आएका गायक तथा संगीतकार राजु भट्टको नयाँ गीत सार्वजनिक गरिएको छ।

सार्वजनिक ‘रुवी’ बोलको गीतमा राजु भट्टको शब्द,संगीत तथा स्वर रहेको छ। भट्टलाई फिमेल स्वरमा सिजसु श्रेष्ठले साथ दिएकी छन्। पर्यटकीय क्षेत्र रुवी भ्यालीलाई सुन्दर ढंगले क्यामरामा कैद गरिएको छ। शब्द तथा संगीत उत्कृस्ट छन्। रुवी भ्यालीका सुन्दर दृश्यहरु समाबेश गरिएको भिडियोको निर्देशन राजु भट्टले नै गरेका हुन्।

भिडियोको छायांकन केशव पाण्डेले गरेका हुन् भने सम्पादन र कलर टेकेन्द्र शाहको रहेको छ। भिडियोमा नवीन लम्साल,राजु भट्ट र रिया लामा फिचर्ड छन्। भिडियोमा माया प्रेम संगै बास्तविक कथालाई देखाउन खोजिएको छ।

भट्टको यस अघि दार्चुलाको अपि हिमालमा छायांकन गरेको आए म त,निश्चल र स्वस्तिमा फिचर्ड यो मुलाई मस्किन्छे हिट छन्।भिडियो अपि इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *