कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय समिति गठन हुन सकेनः रास्वपा

डिसी नेपाल
४ जेठ २०८१ १७:२३
72
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय समिति गठन हुन नसकेको बताएका छन्।

शुक्रबार बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले संसदीय समिति गठनका लागि टिओआरमा सहमति जुटिसकेको अवस्था कांग्रेसले एकपक्षीय रुपमा विभिन्न सर्तहरु थपेर पठाएको आरोप लगाए।

उनले आफूहरुले सदनमा जवाफ दिन पाउनुपर्ने र सबै समस्याको एकमुष्ट समाधान खोज्नुपर्ने मात्रै रास्वपाको अडान रहेको धारणा राखे।

समिति गठनका लागि टिओआरमा आफ्ना नेताहरु समेत सहभागी भएको अवस्थामा रास्वपा संसदीय समितिका लागि तयार छैन भनेर भन्न नमिल्ने उनको भनाइ छ।

झाले विगतको ३४ वर्षमा कांग्रेसले के के गर्‍यो भन्ने सबै जानकारी रहेको भन्दै रास्वपामाथि लागेको दाग राजनीतिक विषय नभएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *