उपेन्द्र यादवले दायर गरेको रिटको पेसी न्यायाधीश ढुंगानाको एकल इजलासमा

डिसी नेपाल
७ जेठ २०८१ ११:०५
48
Shares

काठमाडौं। जसपा नेपाल छोडेका अशोक राईसहित ७ सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा मतदानको प्रक्रियामा र अन्य संसदीय गतिविधिमा पनि रोक लगाउन माग गर्दै उपेन्द्र यादवले दायर गरेको रिटमाथि आज सुनुवाई हुँदैछ।

उपेन्द्रले दायर गरेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ। उपेन्द्रले आइतबार रिट हालेका थिए।

उपेन्द्रले जेठ ८ गते सर्वोच्चले जसपा विभाजन बारे दायर गरिएको रिटको अन्तिम सुनुवाई हुने र त्यति बेलासम्म सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिदै जसपा विभाजन यथास्थितिमा राख्न आदेश दिएको उल्लेख गर्दै रिट दायर गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *