पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको उद्घाटन

डिसी नेपाल
७ जेठ २०८१ १८:४७
44
Shares

अन्नपूर्ण। पोखरा महानगरपालिका–३० लेखनाथस्थित खुदीमा स्थापना गरिएको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको उद्घाटन गरिएको छ।

पोखरा विश्वविद्यालयले आफ्नो मातहतमा सञ्चालनमा ल्याएको एक सय शय्याको शिक्षण अस्पतालको आज गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका हुन्। विश्वविद्यालयले गत भदौमा आंशिक रुपमा अस्पताल सञ्चालन गरे पनि भवन निर्माण सकिएपछि आजदेखि पूर्णरुपमा सञ्चालनमा ल्याएको हो।

अस्पताल उद्घाटनपछि मुख्यमन्त्री अधिकारीले स्वास्थ्य बीमालाई पहिलो प्राथमिकतामा राखेर अस्पतालले सेवा दिनुपर्ने बताए। शिक्षण अस्पतालको महत्व र सेवालाई बुझेर सबै अगाडि बढ्न उनको आग्रह थियो। स्वास्थ्यका कारण जनता शारीरिक एवं मानिसक रुपमा विचलन नहुने गरी गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा मुख्यमन्त्री अधिकारीको जोड थियो।

विश्वविद्यालयका रजिष्ट्रार एवं शिक्षण अस्पतालका सञ्चालक समितिका अध्यक्ष प्राडा दीपकबहादुर भण्डारीले विश्वविद्यालयको चिकित्सा शिक्षा कार्यक्रमहरुलाई प्रयोगात्मक अभ्यासका लागि अस्पताल आवश्यक पर्ने भएकाले अस्पताल सञ्चालनमा ल्याइएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *