कैलाश सिरोहिया पक्राउ
काठमाडौं। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ।
नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले सिरोहियालाई कान्तिपुर पब्लिकेसनको केन्द्रीय कार्यालय थापाथलीबाट पक्राउ गरेको हो। सिरोहियालाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराइ नेतृत्वको टोली कान्तिपुर कार्यालय पुगेको थियो।
नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो। सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए। जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो।
पक्राउ परेपछि अध्यक्ष सिरोहियाले राज्यमा बसेका व्यक्तिहरुको कर्तुतका बारेमा कान्तिपुरमा समाचार आएपछि आफुलाई प्रतिशोध साध्न पक्राउ गरेको बताए। उनले राज्यको अहिलेको कदम प्रेसमाथिको हस्तक्षेप भएको भन्दै थप शसक्त रुपमा प्रस्तुत हुने धारणा राखे। आफूलाई नागरिकताको विषयमा सोधपुछ नै नगरि पक्राउ गरिएको भन्दै सिरोहियाले गृहमन्त्रीको दुईवटा राहदानीका विषयमा अनुसन्धान गर्न चूनौति दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment