इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति रोमानियाबाट पक्राउ

डिसी नेपाल
९ जेठ २०८१ १८:२४
220
Shares

काठमाडौं। जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी रामेछाप खाँडादेवी गाउँपालिका–९ बस्ने २४ वर्षीय गौरब नेपाली पक्राउ परेका छन्। रोमानिया प्रहरीको समन्वयमा रोमानियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ।

गौरब भएको जबरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलामा अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप मन्थलीबाट अनुरोध भएपश्‍चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३  अप्रिल २४ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौंमा बुझाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *