शुक्रबारको मौसम : यी प्रदेशमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

डिसी नेपाल
११ जेठ २०८१ ६:४३
172
Shares

काठमाडौं। हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र मधेश प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

देशको पहाडी भूभागका थोर स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन,  चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राती लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भुभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा एक/दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *