माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन
काठमाडाैं। सरकारले आफूहरुको मागप्रति गम्भीरता नदेखाएको भन्दै सहकारी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।
सहकारी बचत अपचलनकर्तालाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरेपनि कार्यान्वयन नभएको भन्दै पीडितले शुक्रबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।

सरकारले आफूहरुसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुसलभ केसीले बताए।

सहकारी पीडितहरुको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रुपमा अगाडि बढाउने उनले बताए। उनले आफ्नो बचत फिर्ता नपाउदाको नागरिकको पीडा सरकारले सुन्नुपर्ने उल्लेख गरे।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment