महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था भएको विश्वप्रकाशको आरोप

डिसी नेपाल
१३ जेठ २०८१ १६:५७
144
Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था हो भन्दै प्रश्न गरेका छन्।

महामन्त्री शर्माले कांग्रेसले आयोजना गरेको सहकारी ठगिविरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै महान्यायाधिवक्ताको कार्यलयले कहिले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी नभएको पत्र दिने, कहिले दुई पासपोर्टमा तपाईंलाई कारवाही हुँदैन भनेर पत्र दिएको उल्लेख गर्दै महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था हो भन्ने प्रश्न गरेका हुन्।

यस अघि संसद अवरोध गरिरहेको कांग्रेसले आज सहकारी ठगिविरुद्ध काठमाडौँको प्रदर्शनी मार्गमा प्रदर्शन गरिरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *