संसद अवरोधका पछाडि सत्ता समीकरण भत्काउने नियत लुकेको छः महासचिव पोखरेल

डिसी नेपाल
१३ जेठ २०८१ १९:११
88
Shares

झापा। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संसदमा अवरोध नगर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन्। उनले भने,“संसद्को अवरोधका पछाडि अहिलेको सत्ता समीकरण भत्काउने नियत लुकेको हुनसक्छ। ”

पार्टीको बिर्तामोड नगर कमिटीको आज आयोजित दोस्रो नगर अधिवेशनमा महासचिव पोखरेलले मुलुकमा राजनीतिक स्थिरताको आवश्यकता रहेको औँल्याए।

कोशी प्रदेशको नामाकरणमाथि प्रश्न उठाउने र लोकप्रियताको नारा लगाउने दुवै खाले शक्तिहरु इलामको उपनिर्वाचनमा जनताले दिएको अभिमतबाट परास्त भएको उनले दाबी गरे। पार्टीका नगर अध्यक्ष सुवास भट्टराईको अध्यक्षता भएको अधिवेशनमा एमाले का स्थायी कमिटी सदस्य अग्नी खरेल लगायतले मन्तब्य व्यक्त गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *