गलत सूचना दिएका निर्मल पुर्जामाथि छानबिन गर्दैछौँ– पर्यटन विभाग

डिसी नेपाल
१४ जेठ २०८१ १७:५५
324
Shares

काठमाडौं। पर्यटन विभागले आरोही निर्मल पुर्जाले सगरमाथा आरोहणका लागि टाँगीएको डोरी काटिएको भन्ने गलत जानकारी दिएको भन्दै खण्डन गरेको छ।

विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै पुर्जाले सामाजिक सञ्जालमार्फत गलत जानकारी दिएको भन्दै अहिले सगरमाथा आरोहणका लागि टाँगीएका सबै डोरीमा कुनै समस्या नरहेको दाबी गरेको छ।

पुर्जाले सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै आफ्नो टोली आरोहण गर्न गइरहेको अवस्थामा डोरी काटिएको बताएका थिए। उनले आरोहण क्षेत्रमा राजनीति भएको र अब आफू चुप नबस्ने समेत बताएका थिए।

विभागले आज समेत सगरमाथाको सफल आरोहण भएको र पुर्जाले भने जस्तो कुनै डोरी नकाटिएको बताएको छ। विभागले आरोहणमा कुनै समस्या नरहेकोले ढुक्कसँग आरोहण गर्न समेत आग्रह गरेको छ।

साथै विभागले जारी गर्ने सूचना, फिल्ड कार्यालय र सम्पर्क अधिकृतबाट सम्प्रेषण हुने सूचना बाहेक भ्रामक सूचना प्रवाह गर्ने समग्र पर्वतीय पर्यटन एवं राष्ट्रको इज्जतमा धक्का पुग्न सक्ने अफवाहमा नलाग्न अपिल गरेको छ।

विभागले अनाधिकृत सूचना सम्प्रेषण गर्ने काममा संलग्न पुर्जा र अन्य व्यक्तिहरुमाथि छानबिन प्रक्रियासमेत अगाडी बढाएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *