चलचित्र ‘जन्ते बाख्रो’को मुख्य भूमिकामा सौगात मल्ल अनुबन्धित

डिसी नेपाल
१५ जेठ २०८१ १७:०४
240
Shares

काठमाडौं। सिमोस सुनुवारको निर्देशनमा बन्ने चलचित्र जन्ते बाख्रोको केही समय अघि निर्माण घोषणा गरिएको थियो। चलचित्रको निर्माण घोषणा गर्दा कलाकार कोको रहने भन्ने जानकारी निर्माण टिमले दिएको थिएन्।

मंगलबार चलचित्रको निर्माण टिमले ‘जन्ते बाख्रो’को मुख्य भूमिकामा अभिनेता सौगात मल्ललाई अनुबन्धित गरेको छ। यो चलचित्रमा सिमोस र सौगातले तेस्रो पटक सहकार्य गर्दैछन्।

यसअघि उनीहरुले झ्यानाकुटी र हात्तीछापमा एकसाथ काम गरेका थिए। उनीहरु दुवै जना यो सिनेमालाई लिएर उत्साहित छ।आगामी भदौबाट छायांकन गरिने सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखिरहेका छन्।

कमेडी कथावस्तुमा सिनेमा ‘जन्ते बाख्रो’ निर्माण हुन लागेको शीर्षकले बुझाउँछ। बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ। सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित रहने बुझ्न सकिन्छ।

मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमामा सन्तोष गौतम र निर्देशक सिमोस सुनुवारको लगानीरहनेछ । सिनेमा कथावस्तुलाई लिएर सौगात उत्साहित छन् ।

सिनेमामा अभिनय गर्ने अभिनेत्रीको भने अहिले खोजी भैरहेको निर्माण टिमले जनाएको छ। अहिले केही अभिनेत्रीसँग कुरा चलिरहेकाले केहीदिनमा पात्र सुहाउदो अभिनेत्रीलाई अनुबन्धित गर्ने तयारीमा निर्माण टिम रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *