स्पेनले प्यालेस्टाइनलाई आधिकारिक रूपमा स्वतन्त्र देशको मान्यता दियो

डिसी नेपाल
१६ जेठ २०८१ १५:०१

काठमाडौं । स्पेनले आधिकारिक रूपमा प्यालेस्टाइनलाई राष्ट्रको दर्जा दिएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यस्तो घोषणा गरेका हुन् ।

यो निर्णयसँगै स्पेन प्यालेस्टाइनलाई राष्ट्रिय दर्जा दिने १ सय ४० देशमा सामेल भएको छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले भने, “यो निर्णयको एकमात्र उद्देश्य इजरायल र प्यालेस्टाइनबीचको शान्ति प्रयासमा योगदान पुर्‍याउनु हो।”

“प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिनु इतिहासको न्यायको कुरा मात्र होइन, यो समयको आवश्यकता पनि हो। यो शान्तिपूर्ण समाधान खोज्ने एक मात्र उपाय हो।”

पेड्रो सान्चेजले भने, “स्पेनले त्यही निर्णय लिएको छ जुन स्पेनले एक महान राष्ट्रको रूपमा लिनुपर्छ।”

मे २२ मा स्पेन बाहेक नर्वे र आयरल्याण्डले प्यालेस्टाइनलाई राष्ट्रको रुपमा मान्यता दिने घोषणा गरेका थिए ।

यो घोषणाले प्यालेस्टिनीहरूको आत्मनिर्णयको अधिकारलाई समर्थन गर्न युरोपका अन्य देशहरूमा दबाब बढाउने विश्वास गरिन्छ।

यी देशहरूमा बेलायत, फ्रान्स र जर्मनी पनि पर्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *