सारा खानको कपडालाई लिएर पाकिस्तानमा बबाल!

डिसी नेपाल
२१ साउन २०७६ १६:४७

मुम्बई। चर्चित टेलिभिजन अभिनेत्री सारा खान पछिल्लो समय व्यस्त दैनिकीभन्दा पर छिन्। स्टार प्लसको शो ‘बाबुल’ बाट रातारात हिट भएकी सारा मंगलबार ३० औँ वर्षमा प्रवेश गरेकी छन्।

सामाजिक संजालमा पोस्ट गर्ने तस्बिरका कारण विवादमा आइरहने उनी टिभी अभिनेता अंकित गेरालाई डेट गरिरहेकी छन्।

पाकिस्ताननी टिभी शोका लागिसमेत काम गरेकी उनले अन्तर्वार्तामा एक खुलासा गरेकी छन्। पाकिस्तानमा उनको कपडाको विषयमा निकै विवाद भएको थियो।

एक पटक सुटिङ सकिएपछि उनी आफ्नो क्याजुअल ड्रेसमै होटलको लबीतर्फ हिँडिरहेकी थिइन्। उनले छोटो कपडा (शर्टस्) लगाएकी थिइन्।

उनलाई यस्तो अवतारमा देखेर मानिसहरु अचम्ममा परे। एकैछिनमा उनलाई घेरियो। त्यहाँ उनको विरोध हुन थाल्यो।

त्यति नै बेला उनलाई कसैले भन्यो कि पाकिस्तानमा शर्टस लगाउन पाइँदैन। यो सुन्नासाथ उनी आफ्नो कोठामा गयन् र कपडा परिवर्तन गरेर आइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *