चेलीबेटी बेचविखन विरुद्धको चेतनामूलक गीत ‘दाग’को म्युजिक भिडियो सार्वजनिक

डिसी नेपाल
१७ जेठ २०८१ १२:२७
404
Shares

काठमाडौं। म्युजिक भिडियो निर्देशनमा आफ्नो छुट्टै पहिचान बनाएका प्रदीपकुमार रसाइलीको निर्देशन रहेको चेलीबेटी बेचविखन बिरुद्ध चेतनामूलक गीत‘दाग’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

भिडियो ‘दाग’को सार्वजनिक कार्यक्रममा विभिन्न स्रष्टा सर्जकलाई सम्मान गरिएको छ। प्रतिनिधिसभाकी उपसभामुख ईन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्रष्टा सर्जकलाई सम्मान गरिएको हो।

निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, भिडियो चलचित्र निर्देशक संघका अध्यक्ष बविता श्रेष्ठ ‘मलेकु’ विशेष अतिथि रहेको कार्यक्रममा ब्राण्ड यु पिक्चर्स तारकेश्वर कला प्रतिष्ठानबाट मोडलरनृत्य निर्देशक प्रदीपकुमार रसाइली, गीतकार टिका भट्टराई नेपाल र फोटोपत्रकार बद्री थापालाई ‘तार्केश्वर कला सम्मान २०८०’ अर्पण गरिएको थियो ।

पीआर इन्टरटेन्मेन्टका संरक्षक दिलकुमारी रसाइली, हिटाकर्मी एवं गीतकार गीता अधिकारी, बिशिष्ठ कलाकारहरू रमा थपलिया, उत्तम केसी, भिडियो निर्देशक प्रदीप रसाइली, संगीतकार पुस्कर सुनुवार, मोडल निर्देशक सिवन पोखरेल, कलाकारहरू समिता गिरी, सरोज गिरी, राजकुमार शाह, सुमिना कार्की, डुपचन लामा, श्रृगार शंकर वराल, सम्पादनरकरलरिष्ट अमृत चापागाई लगायतलाई सम्मान गरिएको थियो ।

‘दाग’मा पूर्णिमा लामाको स्वर, ज्ञानलाल शास्त्री शब्द एवं संगीत र जीवन बडुको एरेञ्ज रहेको छ । यस गीतको भिडियोलाई प्रदीपकुमार रसाइलीले निर्देशन गरेका हुन् । स्वमिक गौतम र गणेश मण्डलको छायाँकन रहेको भिडियोमा अमृत चापागाईंको सम्पादन छ ।

भिडियोमा प्रदीपकुमार रसाइली, समिता गिरी, सरोज गिरी (गिरी राजा), रमा थपलिया, उत्तम केसी नेपाल, राजकुमार शाह, सुमिना कार्की, दुप्चन लामालगायत कलाकारको अभिनय छ । गीतको भिडियो पीआर इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *