उत्तर कोरियाले गर्यो १० ब्यालेस्टिक मिसाइल परीक्षण, जापानको सागरमा मिसाइल प्रहार
A Hwasong-15 intercontinental ballistic missile (ICBM) is launched at Pyongyang International Airport, in Pyongyang, North Korea February 18, 2023 in this photo released by North Korea's Korean Central News Agency (KCNA). KCNA via REUTERS
काठमाडौं । उत्तर कोरियाले बिहीबार १० वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । समाचार एजेन्सी एपीका अनुसार यो परीक्षण पूर्वी सागर (जापान सागर) मा गरिएको थियो। दक्षिण कोरिया र जापानका सेनाले पनि यसको पुष्टि गर्दै कडा निन्दा गरेका छन् ।
अलजजीराका अनुसार बिहीबार बिहान ६.१४ बजे उत्तर कोरियाको सुनान क्षेत्रबाट मिसाइल प्रक्षेपण गरिएको थियो । दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले यी मिसाइलहरू करिब ३५० किलोमिटरको दुरी पार गरेपछि समुद्रमा खसेको बताए ।
दक्षिण कोरियाको सेनाले उत्तर कोरियाको यो कदम कोरियाली प्रायद्वीपको सुरक्षा र शान्तिका लागि खतरा भएको जनाएको छ । सेनाले प्रशान्त महासागरमा निगरानी बढाएको छ। उसले अमेरिका र जापानलाई मिसाइलका बारेमा थप जानकारी आदान प्रदान गर्न पनि अपिल गरेको छ ।
यी मिसाइल प्रक्षेपण हुनुभन्दा ३ दिनअघि उत्तर कोरियाले आफ्नो दोस्रो जासुसी उपग्रह प्रक्षेपण गर्ने प्रयास गरेको थियो, जुन असफल भएको थियो । वास्तवमा, स्याटेलाइट बोकेको रकेट हावामा नै विस्फोट भयो। उत्तर कोरियाको भूउपग्रह प्रक्षेपण हुनु केही घण्टाअघि दक्षिण कोरियाले दुई देशको सीमा नजिक २० वटा लडाकु विमानसँग युद्धाभ्यास गरेको थियो ।







डिसी नेपाल








Facebook Comment