टी-२० विश्वकप: दक्षिण अफ्रिकाले श्रीलंकालाई हरायो (तस्वीरसहित)

डिसी नेपाल
२१ जेठ २०८१ २३:२९
132
Shares

काठमाडौं। अमेरिका र वेष्ट इण्डिजमा जारी आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ। समूह डी अन्तर्गतको आज भएको खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको हो।

श्रीलंकाले दिएको ७८ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो। दक्षिण अफ्रिकाको जितमा क्वीन्टन डिककले २०, कप्तान एडेन मार्करमले १२, ट्रिस्टन स्टब्सले १३ तथा हेनरी क्लासेनले १९ रन बनाए। श्रीलंकाका बलर कप्तान वानिन्दु हसरंगाले २ विकेट लिए।

न्यूयोर्कमा भएको खेलमा टस जितेर क्याटिङ रोजेको श्रीलंका खराब ब्याटिङको कारण १९.१ ओभरमा ७७ रनमै समेटिएको थियो। श्रीलंकाका कुशल मेन्डिसले १९, कामिन्दु मेन्डिसले ११ तथा एन्जेलो म्याथुजले १६ रन बनाएपनि अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन्। दक्षिण अफ्रिकाका बलर एनरिक नाेर्कियाँले ४ तथा केशव महाराज र कागिसो रबाडाले २/२ विकेट लिए।

यो जितपछि समुह डी मा रहेको दक्षिण अफ्रिकाले महत्वपूर्ण २ अंक हासिल गरेको छ। समुह डी मा दक्षिण अफ्रिकासँगै नेपाल, श्रीलंका, बगलादेश र नेदरल्याण्ड्स रहेका छन। नेपालले आफ्नो पहिलो खेल मंगलबार नेदरल्याण्ड्ससँग खेल्दैछ।

हेर्नुहोस् फोटो-भिडियो


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *