स्मीता दाहालको गीतमा ‘कार्टुन्ज क्रु’ को धमकेदार नृत्य (भिडियो)

डिसी नेपाल
२२ साउन २०७६ ६:३९

काठमाडौँ । सर्बाधिक लोकप्रिय कार्टुन्ज क्रु को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । स्मीता दाहालको नयाँ गीतमा ‘कार्टुन्ज क्रुु’ का सरोज र आश्माको अभिनय रहेको छ ।

‘मायालु तिमी कता छौ’ बोलको गीतमा स्मीतासँगै राजनराज शिवाकोटीको स्वर छ । दिनेश थपलियाको शब्द रहेको उक्त गीतमा राजनराजकै संगीत छ भने उदयराज पौडेलको संगीत संयोजनरहेको गीतलाई श्याम सोहित रसाईलीले मिक्सींग गरेका हुन्। ‘गज्जब’ युट्युब च्यानल मार्फत बजारमा आएको उक्त गीतको म्युजिक भिडियो सरोज ओलीले दिर्नेशन गरेका हुन् ।

भिडियोमा वर्षाका कारण कोठा नै डुबानमा परेपछि मायालुको खोजी गर्दै गरेको दृश्य देखाईएको छ । म्युजिक भिडियोमा गायिका स्मीता दाहालले पनि पानीमा रुज्दै नृत्य गरेकी छिन्।

हेर्नुहोस् भिडियो :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *