गगनको प्रश्न- प्रशासनिक सुधार गरेको आधारमा राजश्व कसरी बढ्छ?

डिसी नेपाल
२३ जेठ २०८१ १६:११
68
Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजेटको विश्वसनीयता नभएको भन्दै अर्थमन्त्री बर्षमान पुनलाई प्रश्न गरेका छन् ।

आज प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले बजेटमा विश्वसनीयता नभएको भन्दै अर्थमन्त्रीसँग प्रश्न गरेका हुन्।

उनले जे लेखे पनि सत्ता पक्षले ताली बजाउने भएकाले बजेट हावादारी हुँदै गएको टिप्पणी गर्दै हाम्रो संरचना नै खराब भएको टिप्पणी गरेका छन् ।

उनले बजेटमा लिइएको लक्ष्य पूरा हुन नसक्ने बताउँदै प्रशासनिक सुधार गरेको आधारमा राजश्व कसरी बढ्छ? भन्दै प्रश्न गरेका छन्।

उनले वैदेशिक सहायता ५२ अर्ब आउछ भनेर बजेटमा उल्लेख गरिएको तर गत बर्ष ५० अर्ब आउछ भनिएकोमा ३ अर्ब आएको उल्लेख गर्दै उनले ५२ अर्ब कसरी ल्याउनुहुन्छ? भन्दै प्रश्न गरेका छन् ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *