शम्भुजीतको संगीतमा सरिता र डब्बुको बजाइदेऊ न बाजा

डिसी नेपाल
२५ जेठ २०८१ १३:११
48
Shares

काठमाडौं। बरिष्ठ संगीतकार शम्भुजीत बासकोटाको संगीतमा गायिका सरिता भारतीको नयाँ गीत बजाइदेऊ न बाजा….यतिबेला रिलिज भएको छ । यो गीतको भिडियोलाई ओएसआर डिजिटल युट्युव च्यानलबाट बिहिबार बेलुका रिलिज गरिएको हो।

यो गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेका हुन्। गीत जती मिठो बनेको छ, भिडियो पनि त्यत्तिकै आकर्षक बनेको यसका संगीतकार बासकोटाले बताएका छन्।

गीतमा युवा युवतीको प्रेम सम्बन्धलाई दर्शाइएको छ। उनीहरुबीच अथाह प्रेम भए पनि त्यो प्रेम सम्बन्धलाई परिवारले नरुचाएपछिको समस्यालाई यो गीतमा प्रस्तुत गरिएको गायिका सरिता भारतीले बताएकी छिन्।

गीतमा जुगल डंगोलको संगीत संयोजन रहेको छ। आर्टोम्युज रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई केही वर्ष अघि गीतिसँग्रह ‘पहिलो भेटमै’मा सँग्रहित गरेर बजारमा ल्याइएको थियो।

यो गीतको भिडियो बल्ल रिलिज हुनुको कारणबारे गायिका सरिताले भनिन्, ‘त्यतिबेला कोरोना महमारीका कारण हामीले सामाजिक दुरी कायम गरेर गीतिसँग्रह पहिलो भेटमैको बिमोचन गरेका थियौं र विभिन्न रेडियो तथा एफएममा यो गीत हिट पनि भएको थियो। छायाँकन गरेर बल्ल भिडियोको रुपमा यो गीतलाई दर्शकमाझ ल्याईएको हो।’

यो गीतको भिडियोलाई गीतकार डब्बु क्षत्री आफैंले निर्देशन गरेका हुन्। सर्लाहीको अहिलेको चर्चित पर्यटकीय क्षेत्र भरत ताल, नुनथर लगायतको ठाउँमा छायाँकन गरिएको हो । त्यहाँको सुन्दर दृष्यले भिडियोलाई अझ आकर्षक बनाएको छ। यो गीतका रचनाकार डब्बु क्षत्रीले आफ्नो गीत र भिडियोले यतिबेला दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको बताएका छन् ।

यो गीतको भिडियोमा गायिका सरितासँगै अभिनेता यसराज गराचको अभिनय रहेको छ । भिडियोमा उनीहरुको जोडीलाई दर्शकले प्रसँसा गरेका छन् ।
गीतको कोरियोग्राफी कृष्ण रसालले गरेका हुन् ।

यसराज र सरितासँगै स्थानीय नृत्य कलाकारहरुलाई कृष्णले रमाईलोसँग नृत्यमा उतारेका छन्,‘यसपटक सर्लाहीको ४२ डिग्री सेल्सियस तापक्रममा यो भिडियोको छायाँकन गर्दा केही कलाकार विरामी पनि परेका थिए । तर अहिले भिडियोले राम्रो प्रतिक्रिया पाएको खुसी छु ।’कृष्णले भने ।

यो गीतको भिडियोमा प्रविण सुवेदीको छायाँकन, जीवन घिमिरेको ड्रोन, बीरेन्द्र भाट विपिन र लोकेश भाटको सम्पादन तथा रंग सँयोजन, शर्मिला बुढाथोकीको सृँगार रहेको छ । भिडियोमा रेनु स्याङतानको कलाकार सँयोजन छ भने यसका कलाकारमा रेखा अधिकारी, सुष्मा परियार, कल्पना मगर, कमला थिङ, सविना बल र सविता गुरुङ रहेका छन् ।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *