टी-२० विश्वकप: क्यानडामाथि पाकिस्तान ७ विकेटले बिजयी
काठमाडौं। पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको छ। जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत गएराती सम्पन्न खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको हो।
क्यानडाले दिएको १०७ रनको लक्ष्य पछाएको पाकिस्तानले १७.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। पाकिस्तानका लागि मोहमद रिजवानले अविजित ५३ रन बनाएका थिए भने कप्तान बाबर आजमले ३३ रन बनाएका थिए।
यस अघि पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ७ विकेट गुमाएर १०६ रन बनाएको थियो। समूह ए अन्तर्गत पाकिस्तानको यो तेस्रो खेलमा पहिलो जित हो। त्यस्तै क्यानडाले आफ्नो तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ।
यस समूहमा भारत र अमेरिकाले २-२ खेल जितेर ४-४ अंक हासिल गरेका छन् र पहिलो र दोस्रो स्थानमा छन्। अब पाकिस्तानले जुन १६ मा आयरल्याण्डसँग खेल्ने तालिका छ भने क्यानडाले जुन १५ मा भारतसँग खेल्ने छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment