विराटनगरस्थित स्वास्थ्य बिमा बोर्डको कार्यालयमा तालाबन्दी

डिसी नेपाल
३० जेठ २०८१ १७:५७
80
Shares

मोरङ। विगत तीन दिन देखि आन्दोलनरत कोशी प्रदेशका स्वास्थ्य बिमा दर्ता सहयोगीहरुले विराटनगरस्थित स्वास्थ्य बिमा बोर्डको प्रादेशिक कार्यालयमा तालाबन्दी गरिदिएका छन्।

न्यूनतम प्रोत्साहन रकम १० प्रतिशतबाट वृद्धि गरी २५ प्रतिशत पु‍र्‍याउन माग गर्दै स्वास्थ्य बिमा दर्ता सहयोगीहरु आन्दोलनरत रहेका छन्। उनीहरुले आफ्नो माग पुरा गराउन दवाव दिनको लागि बुधवार देखि स्वास्थ्य बिमा बोर्डको कार्यालयमा तालाबन्दी गरेका हुन्। आफ्नो मागहरुको सम्बोधन नभए सम्म आन्दोलन जारी रहने उनीहरुले जनाएका छन्।

योगदान रकमको १० प्रतिशत सेवा सुविधा पाउदै आएका दर्ता सहयोगीहरुको महालेखा परिक्षकको कार्यालयले बेरुजु देखाएपछि आयकर कट्टी एक प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याइएको हो। तालाबन्दीका कारण स्वास्थ्य बिमाको प्रतिलिपी लिन आउने सेवाग्राहीहरु बढी प्रभावित भएको स्वास्थ्य बिमा बोर्डका प्रदेश कार्यालयले जनाइको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *