विश्वकप क्रिकेटः अमेरिकालाई हराउँदै भारत ‘सुपर आठ’मा
काठमाडौं। टी-२० विश्वकपको समूह ‘ए’ को खेलमा अमेरिकालाई सात विकेटले पराजित गर्दै भारत ‘सुपर आठ’मा प्रवेश गरेको छ। पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा आठ विकेट गुमाएर ११० रन बनाएको थियो।
जारी विश्वकपमा भारत समूह ‘ए’ बाट सुपर आठ प्रवेश गर्ने पहिलो टोली बनेको छ। जारी प्रतियोगितामा भने भारत सुपर आठमा पुग्ने तेस्रो टोली हो। यसअघि दक्षिण अफ्रिका र अस्ट्रेलियाले अन्तिम खेल अगावै सुपर आठमा स्थान बनाइसकेका छन्।
न्युयोर्कस्थित नसाउ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । जवाफमा भारतले उक्त लक्ष्य १८.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो।
भारतको जितमा सुर्यकुमार यादवले सानदार अविजित अर्धशतकीय इनिङ खेले । ५० रन बनाएर अविजित रहँदा उनलाई शिवंम दुवेले ३१ रन बनाएर साथ दिए। त्यसअघि ऋषभ पन्तले १८ रन बनाएका थिए। ओपनरद्वय रोहित शर्मा ३ रन र विराट कोहली पहिलो बलमै शून्य रनमा आउट भएका थिए।
पहिले ब्याटिङ गरेको अमेरिकाका लागि स्टेभन टेलरले २४ रन बनाउँदा नितिश कुमारले २७ रन बनाए। त्यस्तै कोरी एन्डरसनले १५ रन बनाउँदा हर्मित सिंहले १० रन बनाउँदा कप्तान एरोन जोनेस र स्याड्ली भान साल्यक्यले ११ रन बनाए।
भारतका लागि अर्सदीप सिंहले ४ विकेट लिँदा हार्दिक पाण्ड्याले २ विकेट हात पारे। त्यस्तै अक्षर पटेलका नाममा एक विकेट रह्यो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment