‘कार्टुन क्रु’का सरोज र आश्मासँगै प्रचण्डकी नातिनी स्मीता (भिडियो)

डिसी नेपाल
२२ साउन २०७६ १३:१२

काठमाडौं। गायिका स्मीता दाहालको ‘मायालु तिमी कता छौ’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। ‘गज्जव टीभी’बाट सार्वजनिक गरिएको यस गीतको भिडियोमा चर्चित नृत्य समूह ‘कार्टुन क्रु’को नृत्य रहेको छ।

भिडियोमा ‘कार्टुन क्रु’का सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै गायिका स्मीताकोसमेत नृत्य रहेको छ। गीतको भिडियोलाई कृतिम सेटमा छायांकन गरिएको छ। भिडियोमा वर्षाका कारण कोठा नै डुबानमा परेको देखाइएको छ। साथै सरोज, आश्मा र स्मीता पानीमा रुज्दै नृत्य गरिरहेकी छिन्।

यस गीतमा स्मीतासँगै राजनराज सिवाकोटीको स्वर रहेको छ। भने, सिवाकोटीकै संगीत रहेको छ। गीतमा दिनेश थपलियाको शब्द रहेको छ। संजय लामाले छायांकन गरेको यस गीतलाई सन्देस साहले सम्पादन गरेका छन्। गीतको भिडियोमा विक्रम स्वारले कोरियोग्राफी गरेका छन्।

स्मरण गराउँ स्मीता दाहाल पूर्व प्रधानमन्त्री तथा नेकपा (नेपाल कम्यूनिष्ट पार्टी)का अध्यक्ष पुष्पकमल दाहालकी नातिनी हुन्। सानै उमेरदेखि संगीत क्षेत्रमा लागेकी स्मीता पछिल्लो समय एकपछि अर्को गर्दै गीतहरु बजारमा ल्याइरहेकी छिन्।

हेर्नुस् भिडियो :


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *