धनुषाधाम नगरपालिका-१ का वडा अध्यक्षको निधन
जनकपुर। मधेश प्रदेशको राजधानी जनकपुरधाम संगै जोडिएको धनुषाधाम नगरपालिकामा एकजना वडा अध्यक्षको निधन भएको छ।
धनुषाधाम नगरपालिका १ का वडा अध्यक्ष विश्वनाथ यादवको मृत्यु भएको हो । क्यान्सर रोगबाट ग्रस्त वडा अध्यक्ष यादवको बिहीबार आज बिहान ६ बजेर १० मिनेटमा आफ्नो घरमै मृत्यु भएको पीडित परिवारले जनाएको छ ।
पेटको आन्द्रामा क्यान्सर रोग बाट ग्रस्त यादवको उपचार चलिरहेको थियो । नियमित औषधि सेवन गर्दै वडाको दैनिक कामकाज गर्दै आएका उनको अचानक मृत्यु भएको हो। मृतक यादवको श्रीमति, एक छोरा र दुई छोरी छन् ।
धनुषाधाम नगरपालिका –१, काशीपुर घर भएका यादवको धनुषाधाम वन क्षेत्रमा आज दिउँसो अन्तेष्टि गर्ने तयारी भइरहेको उनको परिवारजनले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment