नम्रताको एक्सन अवतारमा यस्तो बन्यो ‘जाइरा’को ट्रेलर
काठमाडौँ । अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक गरिएको छ।
बुधबार राजधानीमा एक कार्यक्रमकाबिच सार्वजनिक गरिएको ट्रेलरमा नम्रतालाई एक्सन अवतारमा देख्न सकिन्छ। चलचित्रमा नम्रताले मार्शल आर्ट खेलाडीको भूमिका निर्वाह गरेकी छन्। यो चलचित्रमा नम्रताका साथमा अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, श्रृजना रेग्मी, सुजाता श्रेष्ठ लगायतको अभिनय छ।
नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रालिको प्रस्तुतिमा निर्माण भएको ‘जाइरा’लाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन्। आशुतोषको कथा रहेको चलचित्रमा आशुतोष र निरोज महर्जनको पटकथा छ।
प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको चलचित्रले बदताको कथा भन्छ। चलचित्रमा बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा सम्राट बस्नेतको द्धन्द्ध छ। आउँदो भदौं ६ गतेबाट यो चलचित्र प्रदर्शनमा आउनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment