एनआरएन आयरल्यान्डका पूर्वअध्यक्ष गणेश प्रसाईंको “अजम्बरी” गीत चाँडै सार्वजनिक हुँदै

डिसी नेपाल
३ असार २०८१ २१:००

काठमाडाैं।  एनआरएन आयरल्यान्डका पूर्वअध्यक्ष तथा समाजसेवी गणेश प्रसाईं दम्पत्तिको २५ औं बर्षगाँठको अवसरमा “अजम्बरी” बोलको गीत चाँडै सार्वजनिक हुने भएकाे छ।

गायिका देवी सिवाकोटी प्रसाईं र गायक तुलसी सिवाकोटीको स्वर रहेको गीतमा सी. डी. विजय अधिकारीको संगीत र नवराज शर्माको शब्द रहेको छ। गीतमा नायक आकाश श्रेष्ठ र नायिका गरिमा शर्माको अभिनय रहेको छ भने प्रहिल कार्कीको निर्देशनमा तयार भएको उक्त भिडियाेमा प्रसाईं दम्पत्तिको पनि अभिनय रहेको छ।

बिगत लामो समयदेखि आयरल्यान्डलाइ कर्म थलो बनाइ बिभिन्न सामाजिक कार्यमा अग्रसर रहेका गणेश प्रसाईं, आउँदा दिनमा केही नयाँ र फरक शैलीका संगीत श्रोता सामु लिएर आउने बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *