गायक महेश र गायिका अस्मिताले गरे इन्गेजमेन्ट

डिसी नेपाल
५ असार २०८१ १३:०५
3.6k
Shares

काठमाडौं। गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन्। आफूहरूले इङगेजमेन्ट गरेको महेश आफैँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।

‘सहयात्राको यो सुरुआत’ भन्दै उनले लेखेका छन्, ‘वी आर इङगेज्ड आई लभ यू’ भन्दै महेशले अस्मितासँगका तस्बिर उनलाई ट्याग गरेका छन्। उनीहरू दुवै सांगीतिक क्षेत्रका निकै चर्चित गायक गायिका हुन्। केही गीतमा सहकार्य समेत गरेका उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा थियो ।

उनीहरुले केही चर्चित गीत सँगै गाएका पनि छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *