गायक सन्जीप प्रधानको ‘स्टिम इन्जिन’ बोलको गीतको भिडियो सार्वजनिक
काठमाडौं। गायक सन्जीप प्रधानले‘स्टिम इन्जिन’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । गायक प्रधानले धेरै समयको अन्तरालपछि ‘स्टिम इन्जिन’ बोलको गीतबाट पपगायनमा पुनरागमन गरेका हुन्।
गायक प्रधान स्वयम् र सुन्दरी मोडल करिश्मा श्रेष्ठले मोडलिङ गरेको सार्वजनिक भिडियोको गीतमा कबवेभ व्याण्डका दिपेश मुल्मीको एरेन्ज रहेको छ ।
पचास तथा साठीको दशकमा देउरालीको चौतारीमा, कसरी भनुँ म, भोली फेरी सल्लाघारीमा, नशाभित्र नशासरी तथा केही नेपालभाषाका चर्चित दर्जनभन्दा बढी हिट गीतबाट चर्चामा रहेका गायक सन्जीप धेरै बर्षको अन्तरालपछि दर्शक माझ ल्याएको ‘स्टिम इन्जिन’ बोलको गीतबाट निकै आशावादी रहेको बताएका छन् ।
काभ्रेको पनौतीका रमणीय स्थानहरुमा छायांकन गरिएको सार्वजनिक गीतको भिडियोमा यात्रामा रहेका एक यात्रीले कल्पना गरिरहेकी सुन्दरी युवतीलाई वास्तविक जीवनमा नै भेटेको दृश्यलाई निर्देशक सुव्रत आचार्यले भिडियोमा कलात्मक रुपमा देखाएका छन्।
कैयौं सुपरहिट म्युजिक भिडियोका निर्देशक आचार्यले सन्जिपको यो नयाँ भिडियोलाई गीत अनुसार नै पप जनरामा नै आधारित भएर निर्माण गरिएको बताउँछन।
जया शर्मा क्रियटिभ डाइरेक्टर रहेको सार्वजनिक भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन्। भिडियो गायक सन्जीप स्वयंको अफिसिल च्यानलबाट सार्वजनिक गरिएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment