माओवादीको कारबाहीविरुद्ध सर्वोच्च अदालत पुगे फणीन्द्र देवकोटा

डिसी नेपाल
६ असार २०८१ १८:०९
84
Shares

काठमाडौं। गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटाले नेकपा (माओवादी केन्द्र) ले गरेको कारबाहीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।

मुख्यमन्त्रीलाई विश्वासको मत दिएर ह्विप उल्लंघन गरेको भन्दै माओवादी केन्द्रले गरेको कारबाहीविरुद्ध सांसद देवकोटाले पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन्।

देवकोटाले बिहीबार सर्वोच्चमा दायर गरेको रिटमा आफूलाई माओवादी संसदीय दलले गरेको कारबाही र त्यस आधारमा सभामुख कृष्णप्रसाद धितालले प्रदेश सभामा वाचन गरेको पत्र खारेज गर्न माग गरेका छन्।

जेठ २८ गते माओवादी संसदीय दलको निर्णयविरुद्ध देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएएका थिए।

त्यसपछि माओवादी केन्द्रले देवकोटालाई ह्विप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *