प्रधानमन्त्री प्रचण्ड, ओली र लामिछाने छलफलमा

डिसी नेपाल
६ असार २०८१ १८:५९
256
Shares

काठमाडौं। सत्ता समीकरण दलका तीन शिर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा सत्ता समीकरणमा देखिएको असमझदारी मेटाउने विषयमा छलफल हुँदैछ।

पछिल्लो समयमा बजेटका विषयमा सत्ता समीकरण दल खासगरी एमाले र रास्वपाका नेताहरुले सार्वजनिक रुपमै आलोचना गरिरहेका छन्।

उनीहरुले प्रधानमन्त्री र अर्थमन्त्रीले आफ्नो किसिमले बजेट विनियोजन गरेको आरोप लगाएपछि सत्ता समीकरणकै भविष्यमा प्रश्न उठ्न थालेको बेला यस भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *