टी–२० विश्वकप खेल्दा डेब्यू गरेजस्तो अनुभव भयाेः सन्दीप लामिछाने

डिसी नेपाल
८ असार २०८१ १७:५४
132
Shares

काठमाडौं। आईसीसी टी–२० विश्वकपमा सहभागी भइ क्रिकेटर सन्दीप लामिछाने शनिबार स्वदेश फर्किएका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टीमका अन्य सदस्य तीन दिन अघि नै स्वदेश फर्किएपनि सन्दीप भने शनिबार स्वदेश फर्किएका हुन्। अमेरिकाको भिसा नभएका कारण सन्दीप टोलीसँगै नेपाल फर्किन पाएका थिएनन्। उनी क्यानडा हुँदै नेपाल आएका हुन्।

नेपाल आएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले टी–२० विश्वकपको खेल खेल्दा आफूले डेब्यू गरेजस्तो अनुभव भएको प्रतिक्रिया दिए। विश्वकपको अनुभव निकै स्मरणीय रहेको भन्दै टिममा अझै धेरै गर्न बाँकी रहेको उनले बताए।

उनले साउथ अफ्रिकालाई दिएको चूनौति निकै राम्रो भएपनि अन्तिम बलमा जित्न नसक्दा दुख लागेको सुनाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *