कांग्रेस सरकार परिवर्तन गर्ने खेलमा लाग्दैन, प्रचण्ड सरकार आफैं ढल्छ: शेखर कोइराला

डिसी नेपाल
८ असार २०८१ २०:०३
44
Shares

मोरङ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार आफै ढल्ने दाबी गरेका छन्।

शनिबार विराटनगरमा नेपाल मुस्लिम संघको तेश्रो जिल्ला अधिवेशन उद्घाटन गर्दै कोइरालाले नेपाली कांग्रेस सरकार परिवर्तन गर्ने खेलमा नलाग्ने भन्दै उनले वर्तमान सरकार आफै ढल्ने दाबी गरेका हुन्। उनले राजनैतिक अस्थिरता संघीय सरकारमा मात्रै नभई सात वटै प्रदेशमा रहेकाले अहिले मुलुक अस्तव्यस्त र संकटग्रस्त अवस्थामा पुगेको बताए।

राजनीतिलाई अपराधिकरण गर्ने कार्य भईरहेकोप्रति सचेत हुन आग्रह गर्दै उनले राजनीतिज्ञ, व्युरोक्रेट र व्यवसायीहरु मिलेर मुलुकको ऐन कानुन र नियमलाई खिल्ली उडाउने कार्य भईरहेको धारणा राखे। राजनीतिमा अपराधिकरण बढ्दा मुलुकको अस्तित्व नै संकटमा पर्न सक्ने उनले बताए।

कार्यक्रममा नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष अब्दुल सत्तार लगायतका नेताहरुले पार्टी भित्र रहेको गुट उपगुटका कारण भातृ संस्थाहरुको निर्वाचन हुन नसकेको गुनासो गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *